साताको दोस्रो कारोबार दिन (मंगलबार) पनि हिमालयन बैंकको शेयरमूल्य नकरात्मक सर्किट लेभमा घटेको छ ।
कम्पनीको शेयरमूल्य हिजोको तुलनामा ९.९७ प्रतिशतले घटेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रु.३५.८० ले घटेर रु.३२३.१० पुगेको हो ।
यस्तै, मार्केट डेपमा कम्पनीको ३० हजार ३६१ कित्ता शेयर बिक्री माग भएको छ भने खरिदमाग शून्य रहेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडबीच एक आपसमा गाभ्नेरगाभिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हुनाले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धी विनियमावली, २०७३ को विनियम ६ ९१० बमोजिम गत वैशाख ३१ गते, शुक्रबारबाट दुवै बैंकको शेयर कारोबार रोक्का गरिएको थियो ।
मर्जर प्रकृया टुटिसके पनि कारोबार भने खुलेको थिएन । अन्ततःएक वर्ष एक महिनापछि बैंकको कारोबार खुलेको हो ।
प्रतिक्रिया