यूनाइटेड इन्स्योरेन्सको साधारण सभा सम्पन्न, नाफामा ५ सय प्रतिशत भन्दा बढिले वृद्धि

३ बर्ष अगाडि

काठमाडौं- यूनाइटेड इन्स्योरेन्स कम्पनी लि. को २८ औं वार्षिक साधारण सभा आज मिति २०७९ जेठ २३ गते अनमोल ब्याङ्गकेट, शंखमुल काठमाण्डौंमा भएको छ । 

सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७८ साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरियो । आर्थिक वर्ष २०७८/७९ का लागी बाह्य लेखापरीक्षक श्री एम. जि. एस एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरियो । कम्पनीको संचालक समितिमा संस्थापक शेयरधनी समुह (क) तर्फबाट प्रतिनिधित्व गर्ने  ४ (चार) जना संचालकहरुको र सर्वसाधारण शेयरधनी समुह (ख) तर्फबाट प्रतिनिधित्व गर्ने २ (दुई) जना संचालकहरुको निर्वाचन मार्फत चयन गरियो । कम्पनीको चुक्ता पूँजी रु २ अर्ब ५० करोड पु¥याउन यस कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने/ गाभिने तथा प्राप्ति  गर्ने सम्बन्धी निर्णय गर्न तथा तत् सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पत्ति र दायित्व मूल्याङ्कन(Due Diligence Audit)गर्नको लागि मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्न, निजको पारिश्रमिक तोक्न लगायतका मर्जर सम्बन्धी सम्पूर्ण अन्य आवश्यक प्रक्रिया पूरा गर्न संचालक समितिलाई अख्तियारी प्रदान गरियो । 

कम्पनीे गत आ.व. २०७६/७७ को तुलनामा यस आ.व. २०७७÷७८ मा बीमाशुल्क आर्जन ५८ प्रतिशतले वृद्धि भई रु.१,१०,३३,०२,७६९.०५ गर्न सफल भएको छ । त्यसैगरी गत आ.व. २०७६/७७ को तुलनामा यस आ.व. २०७७/७८ मा कम्पनीको नाफामा ५ सय प्रतिशत भन्दा बढिले वृद्धि भई रु.१०,५२,९८,८८७.२८ भएको छ ।  साथै आ.व. २०७७/७८ को तेस्रो त्रैमासिक अवधि सम्मको तुलनामा आ.व. २०७८/७९ को सोहि अवधि सम्ममा कम्पनीको कुल बीमाशुल्क आर्जन ३८ प्रतिशत भन्दा बढीले वृद्धि भई रु.१,२५,५१,१८,०७०.२८ भएको छ । त्यसैगरी सोही अवधिमा खुद नाफा आर्जन ९८ प्रतिशत भन्दा बढिले वृद्धि भएको तथा प्रतिशेयर आय मा ९८ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।

कम्पनी बीमाशुल्क आर्जनका हिसाबले स्थापना कालदेखि पहिलो पटक एक अर्ब क्लबमा प्रवेश गरेको छ साथै, यस आ.व २०७७/७८ को प्रगतिको मूल्यांकन बमोजिम भारतको कलकत्तामा ३० अप्रिल २०२२ मा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरेकोे एसिया स्तरको ] 3rd Emerging Asia Insurance Awards 2021 मा नेपालबाट निर्जीवन बीमा क्षेत्रमा दिएका महत्वपूर्ण योगदानका लागि Best General Insurance Company of the Year Award बाट यस यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लि. सम्मानित भएको जानकारी गराइयो ।  

३ बर्ष अगाडि

प्रतिक्रिया