लुम्बिनी विकास बैंकको करिब दुई लाख कित्ता हकप्रद शेयर लिलामीमा के छ विचार ?

६ बर्ष अगाडि

काठमाडौं – लुम्बिनी विकास बैंकको १ लाख ९७ हजार ५ सय ९६ कित्ता हकप्रद सेयर लिलामीका हुने भएको छ ।

बैंकले १० कित्ता बराबर १ कित्ताका अनुपातमा निष्काशन गरेको हकप्रद सेयरमध्ये संस्थापक तर्फको सो मात्रामा सेयर बिक्रि नभएपछि लिलामीका लागि सूचना निकालेको हो ।

लुम्बिनी विकास बैंकले यही माघ २७ देखि फागुन ३ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । बैंकले न्युनतम मूल्य रु १ सय राखेर न्युनतम १०० कित्ता आवेदन दिन सकिने जनाएको छ । भिबोर क्यापिटल मार्फत बैंकको संस्थापक सेयर किन्न सकिनेछ । लुम्बिनी बैंकको सेयरको बजार मूल्य रु १७४ रहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया