एशियन लाइफसहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कुनको कतिको कारोबार ?

४ बर्ष अगाडि

साताको पहिलो कारोबारको दिन (सोमबार) शेयर बजारमा करिब १३ अंकले घटेको छ । पछिल्लो समय उच्च अंकले घटेको शेयर बजार आज पनि १२.९२ अंकले घटेर २०६५.७८ को बिन्दुमा पुगेको हो । 

आज नेप्सेमा सूचीकृच २२८ कम्पनीको ४४ लाख ९ हजार ६९१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २७ करोड ३३ लाख ८५ हजार २७६ रुपैयाँको कारोबार भएको छ ।

आज १ अर्बमाथिको कारोबार हुँदा सर्वाधिक एशियन लाइफ इन्स्योरेन्सको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ८ करोड २४ लाख ७७ हजार ३८७ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, एनआइसी एशिया बैंकको ६ करोड ७६ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ६१ लाख, अरुण भ्याली हाइड्रोपावरको ३ करोड ९० लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको ३ करोड ७८ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया