प्रेमिका बनाएर आफ्नो ‘बर्थ डे’ मनाउन बोलाइ सामूहिक बलात्कार, सात जना पक्राउ

३ बर्ष अगाडि

काठमाडौं - फेसबुक मार्फत चिनजान भएर प्रेमिका बनाइएकी एक किशोरीलाई आफ्नो ‘बर्थ डे’ मनाउन बोलाएर बाँके जिल्लाका एक युवकले साथीसँग मिलेर सामूहिक बलात्कार गरेका छन् । 

प्रहरीका अनुसार बाँकेको राप्ती सोनारी गाउँपालिकाकी १६ वर्षीय किशोरीलाई शनिबार राति बैजनाथ गाउँपालिका–८ निवासी प्रेमी भनिएका हेमराज थारुसहित पाँच जनाले पालैपालो बलात्कार गरेका हुन् ।

सामूहिक बलात्कारमा संलग्न पाँचजना र घटनामा सहयोगी भूमिका निर्वाह गरेका दुई जनासहित सात जनालाई प्रहरीले आइतबार पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ । पक्राउ परेका विरुद्ध जवरजस्ती करणी विरुद्धको मुद्दा दायर गरी अनुसन्धान गरिएको बाँकेका जिल्ला प्रहरी प्रवक्ता एवं डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए । 

डीएसपी न्यौपानेका अनुसार कथित प्रेमी भनिएका चौधरी, विक्रान्त थारु, निराजन थारु, प्रवीण थारु र राजकुमार थारु बलात्कार अभियोगमा पक्राउ परेका छन् भने विश्वनाथ थारु र निर्देश थारूलाई घटनामा सहयोगी ९मतियार० को भूमिका निर्वाह गरेको अभियोगमा पक्राउ गरिएको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया