धितोपत्र बोर्डमा लगानीकर्ताको १९ बुँदे माग, कोइराला असार १ गतेदेखि आमरण अनशनमा बस्ने घोषणा

४ बर्ष अगाडि

काठमाडौं- शेयर लगानीकर्ताहरूले तिलक कोइरालाको नेतृत्वमा पूँजी बजार सुधारका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश कुमार हमाललाई १९ बुँदे माग समेटिएको ज्ञापनपत्र बुझाएका छन् ।

सेबोन पुगेका लगानीकर्ताहरूसँग छलफल गर्ने क्रममा बोर्ड अध्यक्ष हमालले आफूहरू लगानीकर्ताको मागप्रति सकारात्मक रहेको बताउँदै माग पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 

कुराकानीको क्रममा हमालले यति दिनमै माग पुरा हुन्छ भनेर मिति यकिन गर्न नसकेपनि बोर्डले लगानीकर्ताहरूको माग पुरा गर्न आवश्यक कदम चालिसकेको र केही मागहरू छिट्टै नै पुरा गर्ने बताए । बोर्डबाट पुरा गर्न नसकिने मागहरू पनि अन्य निकायसँग समन्वय गरिने उनले आश्वासन दिएका छन् । 

सरकारले साढे तीन वर्षअघि नै गरिसक्छु भनेका कामहरु नहुँदा पूँजी बजारमा गंभीर संकट आएको भन्दै १९ बुँदे मागसहित तिलक कोइराला असार १ गतेदेखि आमरण अनशनमा बस्ने घोषणा गरिसकेका छन् । सो अनशनअघि लगानीकर्ताहरुले सेबोनमा शान्तिपूर्ण कार्यक्रम गरेका हुन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया