काठमाडौं - एभरेष्ट बैंक लिमिटेडको दुई अर्ब रुपैयाँबराबरको ‘एभरेष्ट बैंक लिमिटेड ऊर्जा ऋणपत्र’ निष्कासन तथा बिक्री प्रबन्ध लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नियुक्ति भएको छ ।
बिक्री प्रबन्ध नियुक्तिसम्बन्धी सम्झौतापत्रमा एभरेष्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेका छन्।
बैंकले प्रतिइकाइ १ हजार रुपैयाँका दरले २० लाख इकाइ ऋणपत्र बिक्री गर्ने जनाएको छ । जसमध्ये ४० प्रतिशत अर्थात ८० करोड रुपैयाँबराबरको ८ लाख इकाइ सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत १ अर्ब २० करोड रुपैयाँबराबरको १२ लाख यकाइ व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ ।
१० वर्षअवधिको यो ऋणपत्रमा वार्षिक ५.५०५ दरले ब्याज त्रैमासिक रुपमा भुक्तानी हुनेछ।
प्रतिक्रिया