काठमाडौं - विन्ध्यवासिनी हाइड्रोपावरको आईपीओमा १ अर्ब २६ करोड ३ लाख ६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
सीडीएसका अनुसार सोमबार बिहान १० बजेसम्ममा १० लाख ४३ हजार ५९१ जनाले १ करोड २६ लाख ३ हजार ६० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ९.२३ गुणा बढी आवेदन हो ।
विन्ध्यवासिनीले जेठ २० गतेबाट सर्वसाधारणका लागि १३ लाख ६५ हजार कित्ता सेयर खुला गरेको हो । कुल १५ लाख कित्तामध्ये ५५ अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोष र ४५ अर्थात् ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी सेयर सर्वसाधारणका लागि खुला गरिएको हो ।
आईपीओमा जेठ २५ गतेसम्म आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया