अन्तत:एक वर्ष एक महिनापछि हिमालयन बैंकको कारोबार खुल्यो, शेयरमूल्यमा नकारात्मक सर्किट

४ बर्ष अगाडि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन बैंक लिमिटेडको शेयर कारोबार खुलेको छ । 

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडबीच एक आपसमा गाभ्नेरगाभिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हुनाले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धी विनियमावली, २०७३ को विनियम ६ ९१० बमोजिम गत वैशाख ३१ गते, शुक्रबारबाट दुवै बैंकको श्ेयर कारोबार रोक्का गरिएको थियो ।

मर्जर प्रकृया टुटिसके पनि कारोबार भने खुलेको थिएन । अन्तत स् एक वर्ष एक महिनापछि  बैंकको कारोबार खुलेको छ । कारोबार खुल्नासाथ बैंकको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । बैंकको शेयरमूल्य ९.९९ प्रतिशतले घटेर प्रतिकित्ता ३ सय ५८ रूपैयाँ ९० पैसामा झरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया