मन्त्री फेरिएपछि २ नेताले पार्टी छाड्न लागेका हुन् ? प्रश्ननमा के भन्छन् माधव नेपाल ?

३ बर्ष अगाडि

काठमाडौं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मन्त्रिपरिषद हेरफेर नियमित प्रक्रिया भएको बताएका छन् । 

आइतबार पार्टी कार्यालयमा बसेको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले मन्त्री नियुक्त हुने बेलामा नै ६ महिनाका लागि भनेर जानकारी गराएको बताए । 

उनले भने– ‘यो नियमित प्रक्रिया हो, पहिले नै हामीले ६ महिनासम्म मन्त्री रहने भनेका थियौं । सुरुदेखि नै भनेको कुरा हो ।’ २ जना मन्त्री पार्टीमा रहनुहुँदैन भन्ने कुरा छ नी भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष नेपालले भने–‘पछि भनौँला ।’
 
आइतबार नेकपा एसले राज्यमन्त्री बाहेक पार्टीबाट मन्त्री भएका सबैलाई फिर्ता बोलाएर मन्त्रीका लागि नयाँ नाम सिफारिस गरेको थियो । 

मन्त्रीबाट हटाउन लागेको सूचना पाउने बित्तिकै मन्त्रीहरु प्रेम आले र विरोध खतिवडा पार्टी कार्यालयमा अध्यक्ष नेपाललाई भेटन पुगेका थिए ।

३ बर्ष अगाडि

प्रतिक्रिया