काठमाडौँ – नेपाल आयल निगमले शनिबार राति १२ बजेबाट लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा २-२ रुपैयाँ वृद्धि गरेको छ ।
आज आइतबारबाट पेट्रोलको मूल्य बढेर प्रतिलिटर ११० रुपैयाँ पुगेको छ भने, डिजेल र मट्टितेलमा ९७ रुपैयाँ पुगेको छ ।
नेपाल आयल निगमका अनुसार अहिले निगमलाई १ अर्ब ६ करोड सञ्चित नोक्सानी छ भने, यस पटकको मूल्य समायोजनपछि निगमलाई १५ दिनमा १ अर्ब १६ करोड नाफा हुनेछ ।
आफू घाटामा रहेको भन्दै निगमले मूल्य समायोजन गरेर नाफा बढाउँदै लगेको छ । निगमका अधिकारीरु भने घाटा पूर्ति भएपछि सीमित नाफा राखेर मूल्य एकैपटक घटाउने दावी गर्छन् ।
निगममा हाल सुरेन्द्र पौडेल प्रवन्ध निर्देशकका रुपमा आएका छन् ।
प्रतिक्रिया