काठमाडौं - यूनाइटेड इन्स्योरेन्स कम्पनीको २८औं वार्षिक साधारण सभा आज हुँदैछ । कम्पनीको ३६७औं बैठकले गरेको निर्णय अनुसार सभाको मिति तय भएको हो । उक्त सभा अनमोल व्याङकेट काठमाडौंमा विहान ११ बजे आयोजना गर्ने जनाएको छ ।
कम्पनीले यस वर्ष कुनै लाभांश प्रस्ताव गरेको छैन् । सभामा संचालक समितिको तर्फबाट प्रस्तुत हुने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षणको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७ र७८ को वासलात, नाफा नोक्सान,हिसाब नगद प्रवाह विवरण सहितका अनुसूचिहरु पारित गर्ने प्रस्ताव पेश हुनेछ ।
सभाले आर्थिक वर्ष२०७८/७९ को हिसाब किताब लेखापरीक्षण गर्नका लागि बाह्य लेखापरीक्षक नियुक्ती गर्ने तथा नीजको पारिश्रमिक निर्धाण गर्ने, संचालक समितिमा संस्थापक शेयरधनी समुह क को तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना संचालकहरु र सर्वसाधारण समुह ख को तर्फबाट २ जना गरी ६ संचालकको निर्वाचन गर्नेछ ।
कम्पनीले सभा प्रयोजनका लागि जेठ ९ गते एक दिन बुक क्लोज गरेको छ । त्यसकारण जेठ ८ गतेसम्म कायमले सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया