काठमाडौं - सरकारले बजेट ल्याएपछि नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति ल्याउन सरोकारवालाहरुबाट राय/सुझाव माग गरेको छ ।
बैंकले सूचना प्रकाशित गरी आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषय ९राय तथा सुझावहरु० अनुसन्धान विभागमा पठाउन अनुरोध गरेको हो ।
केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था बमोजिम प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आइरहेको छ । सोही बमोजिम बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको लागि रायरसुझाव मागेको हो ।
मौद्रिक नीतिमा सरोकारवालाहरूलाई इमेल मार्फत सुझाव दिन सकिने केन्द्रीय बैंकले जनाएको छ । सम्बद्ध बैंक तथा वित्तीय संस्थाका संघ संगठन, व्यावसायिक संघसंगठन लगायत सबै सरोकारवालाले आवश्यक लिखित सुझाव पेश गर्नुपर्नेछ ।
यस्तै बैंकले आवश्यक सुझाव राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको इमेल ठेगाना ‘मोनेटरीपोलिसी याट दि रेट एनआरबी डट ओआरजी डट एनपी’मा पठाउन आग्रह भनेको छ । साथै, बालुवाटारस्थित केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागको ठेगाना एनआरएनए भवन बालुवाटारमा फोन (०१४४१७४९७) तथा फ्याक्स नम्बर (०१४४३३३६५) मा समेत सुझाव पठाउन सकिनेछ ।
प्रतिक्रिया