काठमाडौं - एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबि भुक्तानी गरेको छ ।
कम्पनीले गुल्मीको मुसिकोट नगरपालिका वडानम्बर ७ स्थित वामीटक्सारमा बालक गौरब खत्रीको नाममा गरेको बीमा पोलिसीमा उनका बुवा मान बहादुर घिमिरे प्रस्तावक रहेका थिए । घिमिरेको मृत्युपछि कम्पनीले नियम अनुसार २ लाख बराबरको चेक दिएको हो ।
बीमित बालकले १६ वर्ष नपुगुन्जेल बीमा बापतको रकम तिर्नु नपर्ने र शैक्षिक प्रयोजनको लागि उनलाइ कम्पनीले मासिक २ हजारका दरले रकम हस्तान्तरण गर्नेछ समेत कम्पनीले जनाएको छ ।
प्रतिक्रिया