प्रधानमन्त्रीले बैसाख १ गते रारा तालबाट देशबासीकानाममा सम्बोधनगर्ने

७ बर्ष अगाडि

काठमाडौं १४ चैत,प्रधानमन्त्री केपीशर्मा ओलीले मुगुको रारा तालबाट बैसाख १ गते देशबासीकानाममा सम्बोधनगर्ने हुनुभएको छ । कर्णालीप्रदेशले आयोजना गरेकोपर्यटन बर्ष २०७५ को उद्ध्घाटन गर्न रारातालजाने कार्यक्रम रहेकोले सोही स्थानबाट देशबासीलाई सम्बोधनगर्ने हुनु भएको हो ।
नेपाल ट्रेड यूनियनमहासंघ (जिफन्ट) को ७महाअधिवेशनको आज राधानीमा उद्ध्घाटन गर्दै प्रधानमन्त्रीओलीले सो जानकारी दिनुभएको हो ।
“कर्णालीप्रदेशले आयोजना गरेको पयर्टन बर्ष २०७५ को पहिलो पर्यटक म नै हुन्छु” प्रधानमन्त्रीओलीले भन्नुभयो “राराबाट यसपालीपर्यटनको बिगुलबजाइनेछ ।” समृद्ध नेपालको मुख्यआधार पर्यटन भएकोले त्यसको प्रवद्र्धनमा सबै क्षेत्र लाग्नु पर्ने माप्रधानमन्त्रीको जोड छ ।
प्रधानमन्त्रीओलीले वर्तमान सरकार अघिल्ला सरकार जस्तो नियमितनीति र गतिमामात्र सञ्चालननहुने बताउनुभएको छ । “यो सरकार भिन्ननीति र गतिमा सञ्चालन हुन्छ” प्रधानमन्त्रीओलीले भन्नुभयो  “यो सरकारले नेपाल बनाउछ । केहीबर्षमामानिसहरुले नेपाललाई सिंगापुर र स्विटजरलेण्ड जस्तो भन्नेछन् ।”
प्रधानमन्त्रीओलीले वर्तमान सरकार जनताको सेवकभएकोले कसैलाई दमननगर्ने बताउनुभएको छ । तर हत्या,हिंसा,चन्दाको माध्यमबाट समाजलाई आतंकितपार्नेहरुलाई नछोड्नेपनिप्रधानमन्त्रीले चेतावनीदिनुभएको छ । “सरकार जनताको सेवकहो । कसैलाई दमनगर्दैन तर जनतालाई दुःखदिने,आतंक फैलाउनेहरुलाई चाँही छोड्दैन ।”
प्रधानमन्त्रीओलीले महासंघले राष्टिकय राजनीतिमा ठुलो प्रभावनपारे पनिउसकाबिचारले राजनीतिप्रभावितभएको बताउनुभएको छ । “समाजको गरिखाने बर्गलाई अधिकार दिलाउने,उनीहरुको उत्थानगर्ने काममा जिफन्टको महत्वपूर्ण भूमिका छ”प्रधानमन्त्रीओलीले भन्नुभयो “अहिलेको सरकारको प्राथमिकतापनित्यहीहो ।”
प्रधानमन्त्रीओलीले सरकारका हरेक अभियान अब हमलाको शैलीमा अघि बढ्ने बताउनुभएको छ । “यसपाली म एकजनाबालिकालाई विद्यालयभर्ना गराउछु र देशैभरीकाजनप्रतिनिधीलाई पनि त्यसै गर्न लगाउछु” प्रधानमन्त्रीओलीले भन्नुभयो “जिफन्टले पनियस अभियानको तयारी गर्नुहेस । यसपाली बैसाख ५ गते निरक्षरता विरुद्ध हमला गरौं ।”
भ्रष्टाचार नियन्त्रण,ढिलासुस्ती,विकास निर्माण आदि सबै क्षेत्रमा यसै प्रकारका हमला गरेर अघि बढ्ने प्रधानमन्त्रीले उद्ध्घोष गर्नुभएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया