आफ्नो सेवा प्रारम्भ देखि नै प्रविधिको प्रयोगलाइ प्राथमिकतमा राखी अधिकतम रुपमा प्रविधिको उपयोग गर्दै कार्य गरिरहेको यस कम्पनीले आफ्ना अभिकर्ता तथा बीमितहरुलाइ प्रविधिको उपयोग बढाउन मद्दत पुर्याउने उद्धेश्यले “Go Digital Campaign” को शुरुवात गरेको छ । यो Campaign को पहिलो कार्यक्रम बाग्मती प्रदेश अन्तर्गत काठमाण्डौ उपत्यका भित्रका ५० भन्दा बढी एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुको उपस्थितमा केन्द्रिय कार्यलयको तालिम हलमा सम्पन्न भएको थियो ।
कार्यक्रममा कम्पनीका सूचना प्रविधि विभाग प्रमुखले ज्योति लाईफले उपयोगमा ल्याएका स्मार्ट एप, अनलाईन मार्फत बीमाशुल्क भुक्तानी, QR-Code मार्फत बीमा शुल्क भुक्तानी, अनलाइनबाट नै जीवन बीमा गर्ने तरिका, बैदेशिक रोजगार बीमालेख लिने तरिका,JyotiBot को माध्यमबाट आफुलाइ आवश्यक परेको जानकारी मोबाइलबाट सजिलै लिन सकिने विषय जस्ता विविध डिजिटल प्रविधिहरुको बारेमा जानकारीमुलक प्रस्तुति दिदैं प्रविधिको उपयोगबाट लिन सकिने फाइदाहरुको बारेमा जानकारी दिएका थिए भने सहभागिहरुसंग दैनिक जिवनमा आइपर्ने कार्यमा Digital Channel को उपयोग सम्बन्धमा अन्तरक्रिया समेत गरिएको थियो ।
सोही कार्यक्रम मार्फत अभिकर्ताहरुलाइ उपयोगि हुने भिडियो समेत सार्बजनिक गरिएको छ । कार्यक्रममा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया