विश्व वातावरण दिवसमा गरिमा विकास बैंकद्वारा बृहत वृक्षरोपण

३ बर्ष अगाडि

‘हरियो वन, नेपालको धन’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटबिरुवा जर्गेना तथा प्रवर्द्धन गर्ने उद्देश्यले गरिमा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आइतबारको काठमाण्डौको बूढानीलकण्ठस्थित कालिकापार्कमा बृहत वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ।

विश्व वातावरण दिवस २०२२ का अवसरमा उक्त कार्यक्रममा बूढानीलकण्ठ–२ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठ एवं बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले संयुुक्त रुपमा रुख रोपी कार्यक्रमको उद्घाटन गरे। कार्यक्रमअन्तर्गत उक्त पार्कमा करिब २०० विभिन्न प्रजातिका बिरुवा रोपिएको छ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया