काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले श्रम गन्तव्य मुलुकमा उच्च तत्परताका साथ नेपाली कामदारका गुनासो सुनुवाइ गर्न नवनियुक्त श्रम सहचारी र काउन्सिलरलाई निर्देशन दिएका छन् ।
साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स ९यूएई०, बहराइन र कतारका लागि नियुक्त भएका काउन्सेलर ९श्रम० र श्रम सहचारीहरुको अभिमुखीकरण कार्यक्रम समापनमा मन्त्री श्रेष्ठले उक्त निर्देशन दिएका हुन् ।
मन्त्री श्रेष्ठले नेपाली श्रमिकहरु टाढाटाढाबाट गुनासो लिएर दूतावासमा आउँदा पनि आफ्नो समस्या नसुनिएको गुनासो व्याप्त रहेको भन्दै श्रमिकका समस्या समाधानका लागि प्रभावकारी भूमिका खेल्न निर्देशन दिए ।
श्रमिकको हक अधिकारको संरक्षण, समस्या परेको अवस्थामा उद्धार तथा रोजगारदाता र कामदारबीच भएको विवाद समाधानमा काउन्सेलर ९श्रम० र श्रम सहचारीहरुले भूमिका खेल्नुपर्ने मन्त्री श्रेष्ठले बताए ।
प्रतिक्रिया