नेपाली बजार विद्युतीय गाडी ‘किया इभि ६’ चाडै भित्रने, मूल्य कति ?

३ बर्ष अगाडि

काठमाडौं - नेपालका लागि किया गाडीको आधिकारीक वितरक कन्टिनेन्टल एसोसियटस्ले हालै भारतीय बजारमा सार्वजनिक भएको किया इभि ६ नेपाल ल्याउने तयारी गरिरहेको छ ।

इभि ६ ब्रान्ड लुक्स, डिजाइन र नयाँ फिचरका कारण पनि सबैको ध्यान खिचको छ । हालसम्म  किया कम्पनीले नेपाली बजारमा सार्वजनिक गर्ने समय नतोकेपनि २०२२ भित्र ल्याउने योजना बनाएको छ ।

अहिलेसम्म कियाले आधिकारीक मूल्य सार्वजनिक गरिनसकेको भएपनि नेपाल आउने किया इभि ६ को मूल्य करोड माथि नै हुने अनुमान गरिएको छ । जस अनुसार करिब १ करोड १० लाखदेखि एक करोड २० लाख हाराहारीमा यो गाडीको मूल्य रहने अनुमान छ ।

यसमा दिइएको स्कप्टेड हुड र ड्यूल रियर स्पोइलरले यसलाई स्पोर्टी देखाएको छ । यी दुई एसयूभीको प्रमुख फरक भने ह्वीलवेसमा देखिएको छ । किया इभी ६ मा २९०० एमएम र ३००० एमएमको ह्वीलवेस दिइएको छ ।

किया इभि ६ मा जडान गरिएको ७७.४ किलोवाट हावरको लिथिपएम आयोन पोलिमेर ब्याट्रीमा ७ घण्टा २० मिनेटमै फुल चार्ज गर्न सकिन्छ । किया इभि ६ मा दिएको व्याट्रिले एक पटकको चार्जमा ५०० किलोमिटरसम्म चल्न सक्नेछ ।

१६० एमएम ग्राउन्ड क्लियरेन्स, स्पोर्टि स्टाइल तथा लुक्स, १६८ किलोवाट पीएमएएम मोटर, डिजिटल मिटर, टेक इन्फोटेनमेन्ट सिस्टम, ड्युअल जोन्ड् एसी लगायतका मुख्य बिशेषता यो गाडीमा उपलब्ध छ ।

यो गाडीले नेपाली बजारमा हुन्डाइन आयोनिकसँग प्रतिस्पर्धा गर्ने जनाइएको छ । भारतीय बजारमा किया इभि ६ को मूल्य ६० लाख तोकिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया