काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र फोकसवानबिच कार्डमा आधारित भुक्तानी सेवा संचालन सम्बन्धी सम्झौता भएको छ। ग्राहकलाई डिजिटल माध्यमको प्रयोग गरी विभिन्न सेवा सुबिधा प्रदान गर्ने उदेश्यले फोकसवानसँग कार्डमा आधारित स्क्यान टू पे र क्यू आर माध्यमवाट भुक्तानी गर्ने सम्बन्धी सम्झौता गरिएको बैंकले जनाएको छ ।
उक्त सेवा संचालनमा आएसंगै बैंकका कार्ड बाहकहरुले फोकसवानद्धारा संचालित मोको डिजिटल वालेटमा बैंकका डेबिट/क्रेडिट कार्डहरु लिङ्क गरि सोही कार्डहरुबाट खर्च हुने गरि बिभिन्न सेवाहरु जस्तै मोबाइल टपअप, इन्टरनेट, विद्युत, खानेपानीको बिल भुक्तानी, हवाइजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्ने बैंकले जनाएको छ । बैंकका ग्राहकहरुले मोको वालेट मार्फत एनसीएचएलको नेपाल पे अन्तर्गतका क्यू आर माध्यमवाट भुक्तानी समेत गर्न सक्नेछन ।
बैंकले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२५ वटा ए।टि।एम। र ९३ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया