काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा यो साता तीन कम्पनीको शेयर मूल्य समायोज भएको छ । नेप्सेले नेपाल इन्स्योरेन्स, विन नेपाल लघुवित्त र किसान लघुवित्तको शेयर मूल्य समायोजन गरेको हो ।
नेपाल इन्स्योरेन्स
नेप्सेमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीको ११ प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता ५ सय ३१ रूपैयाँ ५३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ५ सय ९० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
विन नेपाल लघुवित्त
नेप्सेमा विन नेपाल लघुवित्त वित्तीय संस्थाको बोनस शेयरको मूल्य संमायोजन गरेको छ । नेप्सेले ९.३३ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य रु. ९८७.८३ तोकेको छ । कम्पनीले सोमवार कायम अन्तिम शेयर मूल्य रु।१ हजार ८० को आधारमा शेयर मूल्य संमायोजन गरेको हो ।
किसान लघुवित्त
नेप्सेलेकिसान लघुवित्त वित्तीय संस्थाको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले २० प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य रु. १ हजार ८.३३ तोकेको छ । कम्पनीले बिहीवार कायम अन्तिम शेयर मूल्य रु। १ हजार २२० को आधारमा शेयरमूल्य समायोजन गरेको हो ।
प्रतिक्रिया