काठमाडौं - यो साता नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा तीन कम्पनीको शेयर सूचिकृत भएको छ । नेप्सेमा सपोर्ट लघुवित्त, नेको इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको बोनस शेयर सूचिकृत भएको हो ।
सपोर्ट लघुवित्त
सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तको १ लाख ९८ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । लघुवित्तले गत पुस १० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
नेको इन्स्योरेन्स
नेको इन्स्योरेन्स कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । इन्स्योरेन्सको २२ लाख ८२ हजार ४५० दशमलव ६१ कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले गत चैत ९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
प्रुडेन्सियल इन्स्योरेन्स
नेप्सेमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । यो कम्पनीको ७ लाख ७५ हजार ९८२।५९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीले गत आर्थिक वर्षका लागि वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यो कम्पनीले आफ्ना सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
प्रतिक्रिया