अल्बानियाले माग्यो भारी संख्यामा नेपाली पुरुष महिला कामदार, मासिक तलब कति ?

३ बर्ष अगाडि

काठमाडौं - अल्बानियाले भारी संख्यामा नेपाली पुरुष महिला कामदारको माग गरेको छ । अल्बानियाको eurepeari recruitment and consulting, tirana,albania कम्पनीले विभिन्न पदका लागि ७८ जना  पुरुष र ६२ जना पहिला गरि जम्मा १४० जना नेपाली कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् । 

कामदारले खान बस्नेतसहित तलब ६६ हजार माथिदेखि ७२ हजार बढि पाउनेछ । इच्छुक कामदारले वाईज ईण्टरनेशनल नेपाल प्रालिको कार्यालय धापासी काठमाडौंमा जेठ २७ अन्तरवार्ता दिनु पर्ने छ ।  

स्वदेशमा हुने मेडिकलको खर्च र स्वदेशमा हुने जीवन बिमा कामदार आफैले बेहोर्नु पर्ने छ । भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया