काठमाडौं - सन नेपाल लाइफ इन्स्योरेन्स गुल्मीले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका वार्ड नं। १४ निवासी रुद्रमणी गौतमको परिवारलाई ९५ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको हो ।
सन नेपाल लाइफ इन्स्योरेन्सका बीमित नाबालक रुद्रमणी गौतमको प्रस्तावक तथा आमा चन्दा गुरुङ्ग गौतमको ALD Alcoholic Hepatitis Decompensated को कारणबाट मृत्यु भएको थियो ।
मृत्यु दाबीको मासिक आय सुविधा बापतको रकम ७० हजार र किरिया खर्च वापतको रकम २५ हजार गरी जम्मा ९५ हजार रुपैयाँ निज बीमितको संरक्षक तथा हजुरबुवा भविश्वर गौतमलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालको उपस्थितिमा हस्तान्तरण गरिएको छ ।
प्रतिक्रिया