विदेश जाने नेपाली श्रमिकको संख्या घट्यो

३ बर्ष अगाडि

काठमाडौं -  वैदेशिक रोजगार विभागले विदेशिने नेपाली श्रमिकको संख्या घटेको जनाएको छ ।

विभागले दिएको जानकारी अनुसार गत वैशाख महिनामा रोजगारीका लागि विदेशिने नेपाली श्रमिकको संख्या साढे १० हजारले घटेको हो । 

वैशाख महिना भर विदेशिने नेपालीको संख्या ४५ हजार ४ रहेको विभागले जनाएको छ । चैत महिनामा ५५ हजार ५२३ जना नेपाली रोजगारीका लागि विदेश गएका थिए ।

फागुनमा भन्दा चैतमा विदेश जान श्रम स्वीकृति लिनेको संख्या २ हजारले घटेको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया