विन्ध्यावासिनी हाइड्रोपावरको सेयर रजिस्ट्रार नियुक्त, को ?

४ बर्ष अगाडि

काठमाडौं - विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर रजिस्ट्रार (आरटीएस) मा सानिमा क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

आज एक कार्यक्रमबीच आरटीएस नियुक्तिसम्बन्धी सम्झौतापत्रमा दुवै पक्षले हस्ताक्षर गरेका छन् । यो सम्झौतासँगै विन्ध्यावासिनी हाइड्रोपावरको सेयरसम्बन्धी सम्पूर्ण कार्य सानिमा क्यापिटलले गर्नेछ । 

विन्ध्यावासिनीले आज (जेठ २० गते) बाट सर्वसाधारणका लागि १५ लाख कित्ता आईपीओ निष्कासन गरेको छ । यो आईपीओको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड नै रहेको छ । 

कम्पनीले कास्कीको मिजुरेडाँडा क्षेत्रमा ८.८ मेगावाटका रुदी खोला ‘ए’ तथा लमजुङको पासगाउँ क्षेत्रमा ६.६ मेगावाट क्षमताको रुदीखोला ‘बी’ प्रोजेक्ट निर्माण गरिरहेको छ । दुवै आयोजनाको निर्माण क्षेत्र रुदी खोला कास्की र लमजुङ सीमामा पर्छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया