बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओमा मागभन्दा बढि आवेदन, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

४ बर्ष अगाडि

काठमाडौं - बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले शुक्रबारदेखि निष्काशन गरेको शेयरमा माग भन्दा बढी आवेदन परेको छ ।

सीडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार साँझ ५ः३६ बजेसम्ममा २ लाख ९९ हजार ५१६ जना आवेदकबाट ३६ करोड ७४ लाख ५९ हजार रुपैयाँ बराबरको ३६ लाख ७४ हजार ५९० कित्ता शेयरको लागि आवेदन गरेको हो ।

यो सर्वसाधारणलाई निष्काशनमा ल्याएको १३ लाख ६५ हजार कित्ता शेयरको करिब एक गुणा बढी हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको छ । 

 त्यसमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । त्यसपछि बाँकी रहेको १३ लाख ६५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

पहिलो दिनमै माग भन्दा बढी आवेदन परेकोले कम्पनीको आईपीओमा जेठ २५ गते भित्र आवेदन दिइसक्नु पर्नेछ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया