शून्य लागतमा मलेशियामा भारी संख्यामा कर्मचारी माग,मासिक तलब कति ?

३ बर्ष अगाडि

काठमाडौं- मलेशियाको एक कम्पनीले भारी संख्यामा नेपाली कामदारको माग गरेको छ ।  स्यारिकात सिन क्वाङ प्लास्टिक इन्डस्ट्रिज एसडीएन.बिएचडी नामक कम्पनीले ५४२ जना नेपाली पुरुष कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् । 

कामदारले बस्नेतसहित तलब ४२ हजार बढी  पाउनेछ भने खाना व्यवस्था भने कामदार आफैँले गनुपर्ने छ । 

इच्छुक कामदारले राप्ती प्लेसमेन्ट सर्भिस प्रा।लि। ग्वार्खो ७ ललितपुरमा जेठ २५ गते अन्तरवार्ता दिन सक्ने छन् । 

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा,भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया