सगरमाथा जलविद्युतले ५४ लाख ८८ हजार कित्ता आईपीओ निष्कासन गर्ने,बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

३ बर्ष अगाडि

काठमाडौं- सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। 

कम्पनीले जारी पुँजी रु. १ अर्ब १२ करोडमध्ये स्थानीयका लागि १० प्रतिशतबापत रु. ११ लाख २० हजार कित्ता तथा सर्वसाधारण, कर्मचारी र सामूहिक लगानी कोषका लागि रु. ४३ लाख ६८ हजार कित्ता गरी जम्मा ५४ लाख ८८ हजार कित्ताबराबरको साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो। 

आईपीओ निष्कासनका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। नियुक्तिसम्बन्धी सम्झौतापत्रमा बिहीबार सगरमाथा जलविद्युतका तर्फबाट कम्पनीका अध्यक्ष डा. भोगेन्द्रकुमार गुरागाईं र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन्। 

यो कम्पनीले इलाम जिल्ला इलाम नगरपालिका वार्ड नं. २, ३ र ५ स्थित माई खोलामा सुपरमाई जलविद्युत ‘ए’ आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ। आयोजनाको क्षमता ९.६ मेगावाट रहेको छ। आयोजनाले २०७७ जेठ ३२ गतेदेखि जलविद्युत उत्पादन सुरु गरिसकेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया