बैंकहरूको निक्षेप ६ अर्बले बढ्यो, कर्जा लगानी कति ?

३ बर्ष अगाडि

काठमाडौं, बैंकहरूको निक्षेप संकलन ६ अर्बले बढेको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार जेठ १८ गते बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ६ अर्बले बढेर कुल ४९ खर्ब ६१ अर्ब रुपैयाँ निक्षेप रहेको छ । जेठ १७ ग बैंकहरूको निक्षेप ४९ खर्ब ५५ अर्ब रूपैयाँ रहेको थियो । एक दिनमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ६ अर्बले बढेको हो । यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि ६ अर्बले बढेर ४३ खर्ब ८२ अर्ब पुगेको छ ।

वाणिज्य बैंकहरूको कर्जा लगानी पनि एक अर्बले बढेर ४१ खर्ब ९१ अर्ब रूपैयाँ छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया