काठमाडौं- गरिमा विकास बैंकले पर्यटकीय स्थल चितवनको प्रख्यात होटल ‘जंगल भिल्ला रिर्सोट’सँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधाहरुमा आर्कषक छुट सम्झौता गरेको छ।
सम्झौता अनुसार उक्त होटलले विभिन्न प्रकारका रुम तथा फुड एण्ड वेभरेजमा समान १५ प्रतिशत छुट प्रदान गर्ने भएको छ। यस बैंकका डेबिट कार्ड र गरिमा स्मार्ट प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकले उक्त होटलबाट उल्लेखित छुट सुविधाहरु लिन सक्नेछन्।
हाल गरिमा विकास बैंकले १२१ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर र ५१ एटीएमबाट आफ्ना ग्राहकलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।
प्रतिक्रिया