५ दिनमा १४४ अंकले घट्यो शेयर बजार, २०७८ को बिन्दुमा नेप्से

४ बर्ष अगाडि

काठमाडौं- साताको अन्तिम कारोबारको दिन (शुक्रबार) पनि शेयर बजार भारी अंकले घटेको छ ।  आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि शेयर बजार ओरालो लाग्ने क्रमले निरन्तरता पाएको छ । बजेट पछिका पाँच कारोबार दिनमा नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसूचक १४४अंकले ओरालो लागेको छ ।

आज शुक्रबार नेप्से ३३.७६ अंकले घटेर २०७८.७० को बिन्दुमा पुगेको हो । परिसुचक १.६० प्रतिशतले घटेको छ । शुक्रबार नेप्से २१०० को बिन्दुबाट तल झरेर २०७८ कायम भएको छ ।

 कूल २२६ कम्पनीको ३८ लाख ४८ हजार ५०८ कित्ता शेयर खरिदबिक्री हुदाँ १ अर्ब ३० करोड ७३ लाख ५९ हजार ५४१ रुपैयाँको शेयर कारोबार भएको छ । सो रकम बराबरको कारोबार हुदाँ एनआईसी एसिया बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको ६ करोड २३ लाख बढीको कारोबार भएको हो । 

शुक्रबार नेप्सेमा कारोबार भएका सबै समुहमा भारी अंकले गिरावट आएको छ । नेप्सेको तथ्याङ्क अनुसार सबैभन्दा धेरै ट्रेडिङ २.५६ प्रतिशतले घटेको भने जीवन बीमा समुहको समग्र मूल्य २.३४ प्रतिशतले घटेको छ ।

त्यस्तै, निर्जिवन बीमा समुहमा १.९२ प्रतिशतले घटेको छ भने लगानी समुहमा १.९१ प्रतिशतले घटेको छ । त्यस्तै, सामूहिक लगानी कोषमा १.७४ प्रतिशतले घटेको छ । सबैभन्दा कम अन्य क्षेत्रमा ०.८५ प्रतिशतले घटेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया