काठमाडौं- साताको अन्तिम कारोबारको दिन (शुक्रबार) पनि शेयर बजार भारी अंकले घटेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि शेयर बजार ओरालो लाग्ने क्रमले निरन्तरता पाएको छ । बजेट पछिका पाँच कारोबार दिनमा नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसूचक १४४अंकले ओरालो लागेको छ ।
आज शुक्रबार नेप्से ३३.७६ अंकले घटेर २०७८.७० को बिन्दुमा पुगेको हो । परिसुचक १.६० प्रतिशतले घटेको छ । शुक्रबार नेप्से २१०० को बिन्दुबाट तल झरेर २०७८ कायम भएको छ ।
कूल २२६ कम्पनीको ३८ लाख ४८ हजार ५०८ कित्ता शेयर खरिदबिक्री हुदाँ १ अर्ब ३० करोड ७३ लाख ५९ हजार ५४१ रुपैयाँको शेयर कारोबार भएको छ ।
सो रकम बराबरको कारोबार हुदाँ एनआईसी एसिया बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको ६ करोड २३ लाख बढीको कारोबार भएको हो ।
प्रतिक्रिया