साताको दुई दिन बिदा : फुङलिङ नगरपालिकाका विद्यालयमा लागु नहुने

३ बर्ष अगाडि

ताप्लेजुङ - ताप्लेजुङको फुङलिङ नगरपालिकाले पालिकाभरीका विद्यालयमा आइतबारको बिदा लागु नगर्ने निर्णय गरेको छ । 

गत जेठ १ गतेदेखि सरकारले सार्वजनिक निकायहरुमा परीक्षणका रुपमा साताको दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरी गत वैशाख २६ गते राजपत्रमा सूचना प्रकाशित गरेको थियो ।

फुङलिङ नगरपालिकाका वडा नं. २ का वडाध्यक्ष समेत रहेका नगर कार्यपालिकाका प्रवक्ता मोहन न्यौपानेका अनुसार नगरपालिका भित्रका विद्यालयहरुमा साविक झैं प्रत्येक शनिबार र अन्य सार्वजनिक बिदा बाहेक आइतबारको बिदा लागु हुने छैन ।

नगरपालिकाले यहाँका विद्यालय आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म र प्रत्येक शुक्रबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म सञ्चालन हुने निर्णय भएको समेत न्यौपानेले जानकारी दिए ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया