कबड्डी-४ को तीन रेकर्ड, कमाई कति ?

३ बर्ष अगाडि

काठमाडौं - रामबाबु गुरुङले निर्देशन गरेको फिल्म 'कबड्डी-४ : द फाइनल म्याच' ले बक्स अफिसमा आक्रमक व्यापार गरिरहेको छ । 

यो फिल्मले अत्याधिक शो पाउने पहिलो फिल्म, सर्वाधिक अग्रिम टिकट बुकिङ हुने पहिलो फिल्म, घरेलु बक्स अफिसमा सर्वाधिक ओपनरजस्ता रेकर्ड राखिसकेको छ ।

गत शुक्रबारदेखि प्रदर्शन भएको फिल्मले पहिलो दिन तीन करोडमाथि कमाएको थियो । त्यस्तै फिल्मले एक हप्तामा सर्वाधिक व्यापार गर्ने फिल्मको रेकर्ड पनि राखेको छ ।
 
वितरक मनोज राठीका अनुसार ुकबड्डी ४ु ले एक सातामा १५ करोड कमाएको छ । फिल्मले अहिले पनि दर्शकको साथ राम्रो पाइरहेको छ । यो फिल्मले १५ करोड कमाउँदै नयाँ रेकर्ड राखेको छ । 

यो हालसम्मकै छोटो समयमा धेरै कमाउने फिल्म बनेको हो । फिल्मले प्रदर्शन अगाडि नै  डिजिटल र ओभरसिज राइट्सबाट लगानी उठाइसकेको छ। 

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया