प्रि ओपन सेसनमा बढ्यो नेप्सेमा, २० कम्पनी कारोबारमा

४ बर्ष अगाडि

काठमाडौं- साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात बिहीबार १८.२६ अंक घटेर २११२.४७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.६६ अंक बढेर २११३. १३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.२० अंक बढेको छ।

शुक्रबार प्रि ओपन सेसनमा २० स्टकको ३ लाख ८६ हजार ९१४ रुपैयाँ ६० पैसा बराबरको १ हजार २२९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ९ स्टकको मूल्य बढेको छ भने १० स्टकको मूल्य घटेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया