क्रोएसियामा अर्को बर्ष देखि यूरो प्रचलनमा आउने, यूरो प्रयोग गर्ने २०औँ देश बन्दै

३ बर्ष अगाडि

एजेन्सी - क्रोएसियामा अर्को बर्ष सन् २०२३ देखि यूरोपेली मुद्रा यूरो प्रचलनमा ल्याइने भएको छ । यूरो प्रचलनमा ल्याउनका लागि पुरा गर्नुपर्ने सबै मापदण्ड र प्रक्रिया पुरा गरिसकेकाले क्रोएसियामा यूरो प्रयोगमा आउने निश्चित भएको हो ।

यूरोपेली आयोगले सन् २०२३ को जनवरी १ देखि क्रोएसियामा औपचारिक रूपमा यूरो प्रचलनमा ल्याउन दिने निर्णय गरेको जनाएको छ । यूरोपका धेरै देशमा राष्ट्रिय मुद्रको रुपमा प्रयोग हुँदै आएको यूरो प्रयोग गर्ने देशमध्ये क्रोएसिया २०औँ देश बन्ने भएको छ ।

यस पटक यूरो प्रयोगमा ल्याउन स्वीकृति पाउनेमा क्रोएसिया एक्लै भएको छ । क्रोएसियासँगै प्रक्रिया सुरु गरेका अन्य देशहरुले भने अहिले अनुमति पाएका छैनन् ।

यूरो प्रचलनमा ल्याउन पाउनु पर्ने माग गर्दै प्रक्रिया सुरु गर्नेमा बुल्गेरिया, चेक गणतन्त्र, हङ्गेरी, पोल्याण्ड, रोमानिया र स्वीडेन गरी ६ देश रहेका छन् । उनीहरुले धेरै मापदण्डहरु पुरा गर्न बाँकी रहेकाले यूरो प्रचलनका लागि अहिले नै अनुमती दिन नसकिएको यूरोपेली आयोगका अधिकारीहरुले जनाएका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया