काठमाडौं - यातायात व्यवस्था विभागले बागमती र गण्डकी प्रदेशमा दर्ता कायम रहेका सवारी साधनहरूमा अनिवार्य रूपमा इम्बोस्ड नम्बरप्लेट राख्न भनेको छ । विभागले शुक्रबार एक सुचना जारी गर्दै असार मसान्तसम्म इम्बोस्ड नम्बरप्लेट राखिसक्न भनेको छ ।
बागमती र गण्डकीका यातायात कार्यालयहरुबाट इम्बोस्ड नम्बरप्लेट जडानका लागि सबै पूर्वाधार तयार भएको विभागको भनाइ छ । इम्बोस्ड नम्बरप्लेट नराखे साउन १ गतेदेखि ट्राफिक प्रहरीले अनुगमन गर्ने र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिने चेतावनी दिइएको छ ।
सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट जडान अनिवार्य गर्न २०७८ कात्तिक २२ मा नेपाल राजपत्रमा सूचना प्रकाशन गरिएको थियो छ । तर, पूर्ण कार्यान्वयन भएको थिएन ।
प्रतिक्रिया