‘एनआईबिएल सहभागिता फण्ड’को आकार बढ्यो, कति पुग्यो ?

३ बर्ष अगाडि

काठमाडौं - नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रवर्द्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित ‘एनआईबिएल सहभागिता फण्ड’ नामक खुलामुखी योजनाको आकार वृद्धि गरिएको छ । 

यसअघि स्वीकृत विवरण पुस्तिकामा उल्लेखित आकार रु. ५० करोड अर्थात ५ करोड इकाइ रहेकोमा यही जेठ १७ गतेदेखि लागू हुने गरी नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त भएअनुरुप सो आकार वृद्धि गरी रु. १ अर्ब अर्थात १० करोड इकाइ कायम गरिएको क्यापिटलले जनाएको छ । 

योजनाको इकाइहरुको कारोबार योजना व्यवस्थापकको सम्पूर्ण शाखा कार्यालय, तोकिएका वितरकका कार्यालय र अनलाइनमार्फत गर्न सकिनेछ। यसका साथै योजनासँग सम्बन्धित अन्य विस्तृत जानकारीका लागि सोही कार्यालयमा सम्पर्क गर्न पनि क्यापिटलले आग्रह गरेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया