गुल्मीमा साढे ४ अर्बभन्दा बढी बजेट विनियोजन, २ नगरपालिकासहित कुन पालिकामा कति ?

३ बर्ष अगाडि

काठमाडौं- संघीय सरकारले आगामी आर्थिक वर्षको लागि गुल्मी जिल्लाको लागि साढे ४ अर्बभन्दा बढी बजेट विनियोजन गरेको छ। जिल्लामा रहेका २ नगरपालिका र १० गाउँपालिकाको लागि ४ अर्ब ५१ करोड ९६ लाख बजेट विनियोजन गरिएको हो। 

जिल्लाका दुई नगरपालिकाको लागि  ८९ करोड  ६५ लाख र १० गाउँपालिककाको लागि ३ अर्ब ६२ करोड ३१ लाख बजेट विनियोजन भएको हो। 

मुसिकोट नगरपालिकाको लागि ४८ करोड ५२ लाख बजेट छुट्याइएको छ। रेसुङ्गा नगरपालिकामा कुल ४१ करोड १३ लाख बजेट छुट्याइएको छ। गाउँपालिकातर्फ सबैभन्दा बढी बजेट धुर्कोटका लागि ४० करोड ६३ लाख छुट्याइएको हो। 

मालिका गाउँपालिकाको लागि ३९ करोड १५ लाख रुपैयाँ बजेट छुट्याइएको छ। छत्रकोट गाउँपालिकाको लागि ३८ करोड ५८ लाख रुपैयाँ बजेट छुट्याईएको छ। 

यसैगरी इस्मा गाउँपालिकाको लागि ३१  करोड ३ लाख बजेट छुट्याइएको छ। कालीगण्डकी गाउँपालिकाको लागि ३४ करोड ४३ लाख बजेट तय गरिएको छ। गुल्मी दरबारको लागि ३२ करोड १९ लाख बजेट विनियोजन गरिएको छ। 

चन्द्रकोट गाउँपालिकालाई ३३ करोड ८४ लाख बजेट छुट्याइएको छ। मदाने गाउँपालिकाका लागि ३८  करोड २० लाख बजेट छुट्याइएको छ। रुरुको लागि कुल ३६ करोड  १६ लाख बजेट छुट्याइएको छ। सत्यवति गाउँपालिकाको लागि कुल ३८ करोड १० लाख बजेट विनियोजन गरिएको छ 

चालु आर्थिक वर्षको लागि गुल्मीका सबै पालिकालाई कुल ४ अर्ब ३४ करोड ७८ लाख बजेट छुट्याईएको थियो। त्यसमा १७ करोड १८ लाख बढी रकम आगामी आर्थिक वर्षका लागि विनियोजना गरिएको छ। 
 

३ बर्ष अगाडि

प्रतिक्रिया