युएईले नेपाली कामदारको माग गरेको छ । SKILL FORCE SECURITY LLC कम्पनीले १०० जना नेपाली पुरुष कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले खान बस्नेतसहित तलब ६७ हजार बढी पाउनेछ । इच्छुक कामदारले राप्ती प्लेसमेन्ट सर्भिस प्रा.लि. बसुन्धारा ३ काठमाडौंमा जेठ ३० गते सम्म अन्तरवार्ता दिन सक्ने छन् ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा,भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।
प्रतिक्रिया