यी दुई कम्पनीले पाए धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति, कुनको कति कित्ता आउँदै ?

४ बर्ष अगाडि

दुई कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएका छन् । सयपत्रि हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरले आईपीओ निष्कासन गर्न बोर्डबाट जेठ १८ गते अनुमति पाएका हुन । 

सयपसत्रि हाइड्रोपावर कम्पनीले ९ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । उक्त आईपीओ पहिलो चरणमा स्थानिय बासिन्दाको लागि निष्कासन गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

त्यसैगरी दोस्रोमा मन्दाकिनी हाइड्रोपावरले १७ लाख ६४ हजार ११० कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । विक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । यस कम्पनीले पनि पहिलो चरणमा स्थायिन बासिन्दाका लागि आईपीओ निष्कासन गर्नेछ   त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया