काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिहीवार किसान लघुवित्त वित्तीय संस्थाको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।
नेप्सेले २० प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य रु. १ हजार ८.३३ तोकेको छ । कम्पनीले बिहीवार कायम अन्तिम शेयर मूल्य रु. १ हजार २२० को आधारमा शेयरमूल्य समायोजन गरेको हो ।
कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि बुधवार जेठ २० गते बुक क्लोज गर्ने भएसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । कम्पनीले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले जेठ २८ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभा धनगढी, कैलालीमा बिहान ११ बजे सभा गर्ने जानकारी दिएको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजी रु.३९ करोड २८ लाख ८ हजारको आधारमा उक्त बोनस शेयर वितरण गर्न लागेको हो ।
प्रतिक्रिया