राष्ट्र बैंकको नीतिहरुका कारण सेयर लगानीकर्ता सडकमा : पुष्पा भुसाल

४ बर्ष अगाडि

काठमाडौं- सांसद पुष्पा भुसालले नेपाल राष्ट्र बैंकको नीतिहरुका कारण सेयर लगानीकर्ता सडकमा आएको बताएकी छन्। 

प्रतिनिधिसभामा चलिरहेको बजेटमाथिको छलफलमा बिहीबार भाग लिँदै सांसद भुसालले सेयर लगानीकर्ताको पछिल्लो अवस्थाबारे आवाज उठाएकी हुन्। ‘सेयर बजारमा लगभग ५२ लाख लगानीकर्ताले डिम्याट खाता खोलेर लगानी गरिरहेका छन्’, उनले भनिन्, ‘१०–१५ लाख लगानीकर्ता दोस्रो बजारमा कारोबार गरिरहेका छन्।’

भुसालले अहिलेको बजारको अवस्थालाई ध्यानमा राखेर लगानीकर्ताको लगानीलाई संयमित रुपमा लिँदै राष्ट्र बैंकका त्यस्ता नीति संशोधन गर्न पनि अर्थमन्त्रीसँग आग्रह गरिन्। 

४ बर्ष अगाडि

प्रतिक्रिया