साउन १ गतेबाट हिमालयन र एभरेष्ट इन्स्योरेन्सको एकिकृत कारोबार सुरु हुदैँ, कति छ स्वाप रेसियो ?

३ बर्ष अगाडि

काठमाडौं- हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको एकिकृत कारोबार साउन १ गतेबाट सुरू हुने भएको छ । दुवै कम्पनीको असार २ गते हुन लागेको विशेष साधारण सभाले मर्जरसम्बन्धी प्रस्ताव पारित गर्नेछन् । 

यी २ कम्पनी १००ः०.८५ को अनुपातमा मर्ज हुन लागेका हुन् । जस अनुसार एभरेष्ट इन्स्योरेन्सको १०० कित्ता शेयर हिमालयन जनरल इन्स्योरेन्सको ८५ कित्ता शेयर प्राप्त गर्नेछन् ।

हाल हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ र एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ रहेको छ । मर्जरपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ पुग्नेछ ।

दुवै कम्पनीबीच वैशाख २२ गते मर्जर सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया