माछापुच्छ्रे बैंकका ग्राहकलाई काठमाडौंं पाथल्याब र ग्यालेक्सी स्पेस्यालिटी क्लिनिकमा विशेष छुट, कति प्रतिशतसम्म ?

३ बर्ष अगाडि

काठमाडौं-  माछापुच्छ्रे बैंकका ग्राहककले महाराजगन्जमा रहेका काठमाडौँ पाथल्याब एन्ड डाइगोनास्टिक सेन्टर प्रालि र ग्यालेक्सी स्पेस्यालिटी क्लिनिक प्रालिमा विशेष छुट पाउने भएका छन्। 

सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकले काठमाण्डौ पाथल्याबबाट प्रदान गरिने सम्पूर्ण स्वास्थ्यसम्बन्धी सुविधा लिँदा  २५ प्रतिशतसम्म छुट पाउनेछन्।

त्यसैगरी ग्यालेक्सी स्पेस्यालिटीबाट प्रदान गरिने सम्पूर्ण स्वास्थ्यसम्बन्धी (स्पेस्यालिटी सेवाहरुमाबाहेक) सुविधाहरुमा २५प्रतिशतसम्म छुट पाउनेछन्।  

बैंकका ग्राहकले उक्त छुट, बैंकको डेबिट वा क्रेडिट कार्ड तथा क्यूआर प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन्। 

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ सेवा, २०५ एटीएममार्फत १३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।

 

३ बर्ष अगाडि

प्रतिक्रिया