रोकिएन् शेयर बजारको ओरालो यात्रा,१८ अंकले घटेर २११२ को बिन्दुमा

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको चौथो कारोबारको दिन (बिहीबार) पनि शेयर बजारको ओरालो यात्रा रोकिएन् । 

अघिल्लो कारोबार दिन अर्थात बुधबार ७.१९ अंक घटेर २१३०.७३ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक १८.२६ अंकले घटेर २११२.४७ को बिन्दुमा झरेको छ ।

आज अन्तिम समयसम्म कारोबारमा आएका २२७ कम्पनीको ३५ लाख ६६ हजार ८१९ कित्ता शेयर खरिदबिक्री हुदाँ  १ अर्ब १६ करोड १५ लाख १४ हजार १६८ रुपैंया बराबरको कारोबार भएको छ ।

सो रकम बराबरको कारोबार हुदाँ माउटेन हाइड्रो नेपालको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १२ करोड १२ लाख बढीको कारोबार भएको हो ।

बलेफि हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागको छ। कम्पनीको शेयर ९.९७ प्रतिशतले बढेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया