माउटेन हाइड्रोसहित यी १० कम्पनीको सर्वाधिक कारोबार,कुनले कतिको कारोबार गरे ?

४ बर्ष अगाडि

काठमाडौं- कारोबारको चौथो कारोबारको दिन (बिहीबार) पनि शेयर बजारको ओरालो यात्रा रोकिएन् । 

अघिल्लो कारोबार दिन अर्थात बुधबार ७।१९ अंक घटेर २१३०।७३ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक १८.२६ अंकले घटेर २११२.४७ को बिन्दुमा झरेको छ ।

आज अन्तिम समयसम्म कारोबारमा आएका २२७ कम्पनीको ३५ लाख ६६ हजार ८१९ कित्ता शेयर खरिदबिक्री हुदाँ  १ अर्ब १६ करोड १५ लाख १४ हजार १६८ रुपैंया बराबरको कारोबार भएको छ ।

सो रकम बराबरको कारोबार हुदाँ माउटेन हाइड्रो नेपालको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १२ करोड १२ लाख बढीको कारोबार भएको हो ।

त्यस्तै, एनआइसी एशिया बैंकको ६ करोड ५४ लाख, नबिल बैंकको ३ करोड १८ लाख, हिमालयन डिस्टिलरीको ३ करोड ८ लाख र शिखर इन्स्योरेन्सको २ करोड ८८ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया