काठमाडौं – एनसेलका ग्राहकले यस भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग सुलभ दरमा असिमित कुराकानीको मजा लिन सक्नेछन् । जसअन्तर्गत ग्राहकले आफुले छानेको एउटा विषेश एनसेल नम्बरमामात्र ५० पैसा (करसहित ६४ पैसा) प्रतिमिनेटका दरले कुरा गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।
यो अफर शुक्रबार (माघ १८) बाट लागु भइसकेको छ । अफर अन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले एउटा एनसेल नम्बरलाई आफ्नो नम्बरसँग बिना कुनै शुल्क पेय गरी मात्र ५० पैसा (कर बाहेक) प्रति मिनेटमा फागुन १६ गते सम्म कुरा गर्न सक्नेछन् ।
यो सेवा सुचारु गर्ने ग्राहकले १०० वटा एसएमएस निःशुल्क पाउनेछन् । यसरी प्राप्त निःशुल्क एसएमएस पेयर गरीएको नम्बरमा सन्देशहरु पठाउन प्रयोगगर्न सकिनेछ ।
ग्राहकले *१७१०६*पेयर गरिने मोबाइलनम्बर# डायल गरी यो सेवा सुचारु गर्न सक्नेछन् । ग्राहकहरुले सिधै १७१०६ डायल गरेर पनि अफर सुचारु गर्नसक्ने छन् । भ्यालेन्टाइन अफरबाट ग्राहकले सुलभ दरमा आफ्ना प्रियजनसँग सम्पर्कमा रहि रहन मद्द गर्ने विश्वास एनसेलले लिएको छ ।
प्रतिक्रिया