प्राइम बैंकले पायो ५ अर्बको ऋणपत्र निष्कासन गर्ने अनुमति

३ बर्ष अगाडि

काठमाडौं - प्राइम कमर्सियल बैंकको ५ अर्बको ऋणपत्रले निष्कासन अनुमति पाएको छ । 

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बुधबार (जेठ १८ गते) प्राइम बैंकको ‘प्राइम डिबेन्चर–२०८४’ नामक ऋणपत्रलाई निष्कासन अनुमति दिएको हो । 

सेबोनको अनुमतिसँगै अब प्राइम बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ भएको ऋणपत्र जारी गर्नेछ । बैंकले कुल इकाइमध्ये ३० लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी २० लाख इकाइ सर्वसाधारणलाई बिक्री गर्नेछ । 

यो ऋणपत्र ५ वर्षे अवधिको हो । यसमा लगानीकर्ताले वार्षिक १०।१५ प्रतिशत ब्याज पाउनेछन् । यो ऋणपत्रको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया